काठमाडौँ, १३ चैत ०७८ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आइतबारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद […]
"/> स्थानीय तह निर्वाचन ०७९ : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • स्थानीय तह निर्वाचन ०७९ : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम

स्थानीय तह निर्वाचन ०७९ : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम

स्थानीय तह निर्वाचन ०७९ : एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम

काठमाडौँ, १३ चैत ०७८ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।

निर्वाचन आयोगको आइतबारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ ।

उक्त निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका