चितवन, १२ वैशाख ०७८ । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव […]
"/>चितवन, १२ वैशाख ०७८ । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जना सामान्य छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा भारतको विहार घर भएका श्यामबाबु पाठक र सुनिल माझी छन् । उनीहरुको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान पुलको काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदीमा खसेको थियो । सो स्थानमा १४ मजदूरले काम गरिरहेका थिए । ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।