काठमाडौँ, १ जेठ (०७८) । नेपालमा थप आठ हजार १ सय ६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर तथा ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको […]
"/> आठ हजार सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित एक लाख नौ हजार - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • आठ हजार सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित एक लाख नौ हजार

आठ हजार सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित एक लाख नौ हजार

आठ हजार सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित एक लाख नौ हजार

काठमाडौँ, १ जेठ (०७८) । नेपालमा थप आठ हजार १ सय ६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर तथा ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमित चार लाख ७७ हजार चार पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४ सय ८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ४ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १ सय ८ पुगेको छ । कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप १ सय ८७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या चार हजार ८ सय ५६ पुगेको छ । मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७ सय ४० छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका