गाजा सिटी, ७ जेठ (०७८) । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धविरामको घोषणासँगै प्यालेस्टिनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए । गाजा पट्टीमा सक्रिय हमास […]
"/> इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा - Line Khabar
Line Khabar
बुधबार, अशोज २, २०८१ | September 18, 2024
  • होमपेज
  • इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

गाजा सिटी, ७ जेठ (०७८) । प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धविरामको घोषणासँगै प्यालेस्टिनी नागरिक खुशीले मध्यरातमै गाजाका सडकमा निस्किएका थिए ।

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकू विरुद्ध आक्रामक कारबाही गरेको इजरायलले अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो । हमास समूहको शक्तिलाई निस्तेज नपार्दासम्म जारी आक्रमण नरोक्ने भन्दै इजरायली सेनालाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले निर्देशन दिइरहनु भएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २ सय ३० जनाको मृत्यु भएको छ जसमा ६५ जना बालबालिका र ३९ जना महिला छन् । आक्रमणबाट एक हजार ७ सय १० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १ सय ३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् । इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई एक हप्ताको अन्तरालमा चार पटक फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गर्नु भएको थियो । आर्थिक रुपमा जर्जर एवं इजरायली नाकाबन्दीका कारण जनजीवन कष्टप्रद रहेको गाजा पट्टीमा पछिल्लो युद्धका कारण मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि युद्धबिराम गराउन चौतर्फी दबाब बढेको थियो ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो । त्यसयता, इजरायलले सयौं हवाई हमला गरेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका थिए । यद्यपी पछिल्लो युद्धबिराम चाँडै गरेको भन्दै इजरायली दक्षिणपन्थीहरुले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्न थालेका छन् ।

गाजामा हमासका प्रवक्ता अब्देलतिफ अल–कानोले इजरायलले गरेको युद्धबिरामको घोषणालाई “पराजयको घोषणा” भन्नुभएको छ । तैपनि उहाँले सम्झौतालाई आफूहरुले सम्मान गर्ने बताउनु भएको छ । प्यालेस्टिनी जनताले भोग्नु परेको समस्यामा संयुक्तराज्य अमेरिकाको बाइडेन प्रशासनले आर्थिक सहायता गर्ने घोषणा पनि गरेको छ । रासस/एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका