Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

टोकिया, २४असार ०७९ । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँमाथि गोली प्रहार भएको थियो ।

नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका