काठमाडौँ, ५ जेठ (०७८) । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो । आदेशमा […]
"/> सर्वोच्चको आदेश : निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नलिनु - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • सर्वोच्चको आदेश : निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नलिनु

सर्वोच्चको आदेश : निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नलिनु

सर्वोच्चको आदेश : निषेधाज्ञाभर मूल्य अभिवृद्धि कर नबुझाउँदा जरिवाना नलिनु

काठमाडौँ, ५ जेठ (०७८) । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो ।

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा निवेदन दायर गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका