काठमाडौँ, २८ वैशाख (०७८) । निकै प्रतिष्पर्धात्मक खेलमा काठमाडौँ रेजर्सलाई २–१ गोलको अन्तरले पराजित गर्दै धनगढी एफसी काठमाडौँमा जारी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा शुरुमा एक गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै धनगढी एफसीले रोमाञ्चक जित निकालेको हो । काठमाडौँका लागि तेज तामाङले खेलको ७५औँ मिनेटमा गोल […]
"/> धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाडौँ, २८ वैशाख (०७८) । निकै प्रतिष्पर्धात्मक खेलमा काठमाडौँ रेजर्सलाई २–१ गोलको अन्तरले पराजित गर्दै धनगढी एफसी काठमाडौँमा जारी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा शुरुमा एक गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै धनगढी एफसीले रोमाञ्चक जित निकालेको हो ।

काठमाडौँका लागि तेज तामाङले खेलको ७५औँ मिनेटमा गोल गरेका थिए । तर त्यसको तीन मिनेटमै धनगढीका लागि पुजन उपरकोटीले बराबरी गोली फर्काएका थिए ।

खेलको निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि थप गरेको समयको एक सय आठौँ मिनेटमा धनगढीका विशाल राईले टीमका लागि बिजयी गोल गरेका थिए । काठमाडौँ रेजर्सले बुधबार हुने बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसीबीचको बिजेतासँग फाइनल प्रवेशका लागि दोस्रो प्लेअफमा खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका