काठमाडौँ, ५ जेठ (०७८) । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित सात हजार ९ सय ८९ जनालाई निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा थप आठ हजार १ सय ७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन […]
"/> कोभिड अपडेट : आठ हजार निको, २ सय ४६ को निधन - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • कोभिड अपडेट : आठ हजार निको, २ सय ४६ को निधन

कोभिड अपडेट : आठ हजार निको, २ सय ४६ को निधन

कोभिड अपडेट : आठ हजार निको, २ सय ४६ को निधन

काठमाडौँ, ५ जेठ (०७८) । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित सात हजार ९ सय ८९ जनालाई निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा थप आठ हजार १ सय ७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पिसीआर विधिबाट आठ हजार ६४ र एण्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ९ जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंँ उपत्यकामा मात्र दुई हजार ४ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा एक हजार ९ सय ८८ जना, भक्तपुरमा २ सय २८ जना र ललितपुरमा २ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेपालमा हालसम्म कोरोनाका कारण पाँच हजार ६ सय ५७ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ७ सय १३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका