कावासोती, १९ जेठ (०७८) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित चौधरी उद्योग ग्राममा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान साढे ८ बजेबाट लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]
"/> चौधरी उद्योग ग्राममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • चौधरी उद्योग ग्राममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

चौधरी उद्योग ग्राममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

चौधरी उद्योग ग्राममा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

कावासोती, १९ जेठ (०७८) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित चौधरी उद्योग ग्राममा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान साढे ८ बजेबाट लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

सिजी ब्रुअरीको गोदाम घरमा लागेको आगो नियन्त्रका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको भित्तासमेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेयपदार्थ, उत्पादनका लागि राखिएका कच्चापदार्थलगायत सामग्रीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन विवरण भने अझै नआएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका