काठमाडौैँ, २७ जेठ (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिनुभएको छ । उहाँले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक […]
"/> सात मन्त्री र एक राज्यमन्त्री थपिए, गृहमा अधिकारी, सञ्चारमा थापा - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • सात मन्त्री र एक राज्यमन्त्री थपिए, गृहमा अधिकारी, सञ्चारमा थापा

सात मन्त्री र एक राज्यमन्त्री थपिए, गृहमा अधिकारी, सञ्चारमा थापा

सात मन्त्री र एक राज्यमन्त्री थपिए, गृहमा अधिकारी, सञ्चारमा थापा

काठमाडौैँ, २७ जेठ (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिनुभएको छ । उहाँले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो ।

विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको छ भने गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपक्षी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री नियुक्त हुनुभएको छ ।यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीको शपथ


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा शपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा आज नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिनुभएको थियो ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन मन्त्रालयको राज्यमन्त्री पदको शपथ गराउनुभएको थियो । समारोहमा राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारीको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका