काठमाडौँ, १३ वैशाख ०७९ । स्थानीय तह निर्वाचनका लागि एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबार बिहान साढे १० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार एक सय ९४, मधेसमा ३६ हजार दुई सय ७५, बागमतीमा २३ हजार छ सय ५४, गण्डकीमा १२ […]
"/> निर्वाचन अपडेटः एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • निर्वाचन अपडेटः एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता

निर्वाचन अपडेटः एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता

निर्वाचन अपडेटः एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता

काठमाडौँ, १३ वैशाख ०७९ । स्थानीय तह निर्वाचनका लागि एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मंगलबार बिहान साढे १० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार एक सय ९४, मधेसमा ३६ हजार दुई सय ७५, बागमतीमा २३ हजार छ सय ५४, गण्डकीमा १२ हजार तीन सय १४, लुम्बिनी २२ हजार चार सय २१, कर्णालीमा १२ हजार आठ सय ४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार सात सय ६२ जनाको उम्मेदवारी परेको छ ।

नगरपालिकाको प्रमुखमा तीन हजार तीन सय १८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार तीन सय छ, उपाध्यक्षमा दुई हजार तीन सय ४३ र वडाध्यक्षमा ३३ हजार एक सय ११ को मनोयन दर्ता भएको छ । २४ हजारदुई सय ८३ महिला सदस्य, २१ हजार नौ सय ७९ महिला दलित सदस्य र ५१ हजार ९२ सदस्यको मनोनयन दर्ता भएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार सात सय ४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार चार सय ८३ सदस्य गरी कुल ३५ हजार दुइ सय २१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । मंगलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका