काठमाडौँ, १३ वैशाख ०७९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ । मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको हो । “दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो […]
"/> ठूलो विजयको तयारीमा छौँः एमाले अध्यक्ष ओली - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • ठूलो विजयको तयारीमा छौँः एमाले अध्यक्ष ओली

ठूलो विजयको तयारीमा छौँः एमाले अध्यक्ष ओली

ठूलो विजयको तयारीमा छौँः एमाले अध्यक्ष ओली

काठमाडौँ, १३ वैशाख ०७९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ ।

मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको हो ।

“दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो”, उहाँले भन्नुभयो, “छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।” अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा (एमाले) रहेको छ ।”

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताउनुभयो । “उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिको म्याराथुन धावक हो”, अध्यक्ष ओलीले भन्नुभयो, “म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्षको उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।” उहाँले लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुुहुन्थ्यो ? संयम र धैर्यता एमालेको चरित्र हो । त्यो मूलमन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ”, उहाँले भन्नुभयो, “ हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ ।” उहाँले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताउनभयो । एमालेमा नातावाद र कृपावाद नरहेको बताउँदै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताउनुभयो । मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका