डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) ‘आयुर्वेदिक औषधिले ढिलो काम गर्छ’ धेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रम? यसको मापन आधार के होला? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु। आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ‘ढिलो’ भनिएको हो वा कति समयमा काम गर्यो भने ‘छिटो’ गरेको मानिएला ? वैज्ञानिक […]
"/> आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ? - Line Khabar
Line Khabar
सोमवार, साउन ७, २०८१ | July 22, 2024
  • होमपेज
  • आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?

डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक)

आयुर्वेदिक औषधिले ढिलो काम गर्छ’ धेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रमयसको मापन आधार के होलायस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु।

आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ढिलो’ भनिएको हो वा कति समयमा काम गर्यो भने छिटो’ गरेको मानिएला वैज्ञानिक दृष्टिमा यो ढिलो र छिटो भनेको तुलनात्मक विषय हुन्। यो निरपेक्ष कुरा होइन। यसलाई सामान्यीकरण गरेर जनविश्वास निर्माण गरिनु गलत छ।

आयुर्वेदिक औषधीले ढिलो काम गर्छ भन्ने विषयको बहस एलोपेथी औषधिसँग तुलना गर्न थालेपछि हुन थालेको हो। आयुर्वेदिक औषधि र निर्माण विधिविज्ञान एलोपेथिक औषधिको भन्दा बिलकुलै फरक हुन्छ। तुलना त समान वस्तुका बीच हुनुपर्ने हो तर यहाँ त्यस्तो गरिएको देखिएन। कुनै पनि चिजबिज तुलना गर्न तुलनात्मक आधार र क्षेत्र समान हुनुपर्छ। नायक राजेश हमालको तुलना क्रिकेट खेलाडी सचिन तेन्दुलकरसँग गरेर को ठूलो भनियो भने त्यसलाई न्यायसङ्गत नमानिए झैं गरी यी दुई औषधिको तुलना गरिएको छ।

आयुर्वेदमा पित्त थैलीबाट पित्तश्राव बढाउन बेसारलाई औषधिको रूपमा दिइन्छ तर एलोपथिकमा त्यही बेसारलाई प्रशोधन गरी त्यसको कक्र्युमिन भन्ने तत्त्वलाई छुट्याइन्छ र त्यसलाई औषधिको रूपमा दिइन्छ। आयुर्वेदमा पेनकिलरको रूपमा अफिमको निर्यासबाट औषधि बनाएर दिइन्छ। एलोपेथीमा त्यही अफिमको निर्यासलाई प्रशोधन गरी त्यसबाट कोडिन एवं मार्फिन तत्त्व छुट्याएर पेनकिलरको रूपमा प्रयोग गरिन्छ। त्यस्तै आयुर्वेदमा उखुको रसलाई औषधि भनेर दिइन्छ भने एलापेथीमा त्यही उखुको रसलाई प्रशोधन गरी बनाइएको चिनीलाई औषधिको रूपमा प्रयोग गरिन्छ। त्यसै गरी आयुर्वेदमा भाङको पात र पुष्पमञ्जरीलाई पाउडर वा तरल बनाएर औषधिको रूपमा प्रयोग गरिन्छ भने एलोपेथीमा भाङलाई प्रशोधन गरी त्यसबाट क्यानाबिनोल नामक तत्त्व छुट्याएर प्रयोग गरिन्छ।

आयुर्वेदिक औषधिहरूले ढिलो काम गर्छ भन्ने एउटा भ्रम हाम्रो समाजमा स्थापित छ यो अज्ञानता मात्र हो। त्यो सत्य होइन। जबसम्म यी र यस्ता भ्रमहरूबाट मुक्त हुन सकिन्न तबसम्म हाम्रो समाजमा कुनै पनि चिकित्साको स्वतन्त्र एवं संवेदनशील प्रयोग हुन सक्दैन। भ्रामक विश्वासहरू पालेर औषधी सेवन गरे त्यसबाट अपेक्षित लाभ पनि प्राप्त हुँदैन।

बेसारअफिमउखु र भाङमा भएको औषधीय तत्त्व प्राकृतिक रूपमा अवस्थित हुन्छ। ती प्राकृतिक तत्त्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु आयुर्वेदको मौलिकता हो। विशिष्टता हो। उक्त प्राकृतिक अवस्थाका औषधीय तत्त्वहरूले शरीरमा सहज प्रभाव देखाउन स्वाभाविक समय त लगाउँछ तर त्यसबाट नकरात्मक प्रभाव भने निक्कै कम उत्पन्न हुन्छ। जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दछ। यसरी प्राकृतिक तत्त्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु आयुर्वेदको मौलिकता हो।

एलोपेथीमा बेसारअफिमउखु र भाङमा भएको औषधीय तत्त्वलाई प्रयोगशालामा प्रशोधन गरी छुट्याइन्छ जुन अप्राकृतिक अवस्थामा पुग्दछ। ती अप्राकृतिक तत्त्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु एलोपेथिक चिकित्साको पहिचान हो। विकास हो। उक्त अप्राकृतिक अवस्थाको औषधीय तत्त्वहरूले शरीरमा औषधीय प्रभाव त शीघ्र देखाउँछ तर त्यससँगै नकारात्मक प्रभाव पनि त्यत्ति नै बढी गरिरहेको हुन्छ। जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दैन। यसरी अप्राकृतिक तत्त्वहरूलाई औषधीय प्रभावका लागि प्रयोग गर्नु एलोपैथीक चिकित्सामा चमत्कार मानिन्छ।

आयुर्वेद र एलोपेथिक औषधिको स्रोत एउटै हुँदा पनि आयुर्वेदले औषधीय तत्त्वलाई प्राकृतिक रूपमा र एलोपेथीले औषधीय तत्त्वलाई अप्राकृतिक स्वरूपमा प्रयोग गर्दछ। प्राकृतिक स्वरूपमा सहज र स्वाभाविक औषधीय चिकित्सा चाहनेले आयुर्वेदीय औषधि रोज्छ भने छिट्टै चिकित्सकीय प्रभाव खोज्ने व्यक्ति र अवस्थामा अप्राकृतिक स्वरूपको एलोपेथी औषधीय तत्त्वहरूको प्रयोग रोजिन्छ। छिट्टै प्रभाव दिने एलोपेथिक अप्राकृतिक औषधीय तत्त्वहरूको साइड इफेक्ट’ पनि धारिलो चक्कुले काटे जस्तै हुन्छ। जसलाई शरीरले सहजै व्यवस्थापन गर्न सक्दैन। दीर्घकालसम्म त्यस्ता औषधिको प्रयोगले जटिल स्वास्थ्य समस्याहरू ल्याउँछ।

आयुर्वेद र एलोपेथी दुवै खालका औषधीहरूको आआफ्नै विशेषता रहेका छन्। एउटा ठीक र अर्को बेठिक भन्ने होइन। औषधीमा प्रयुक्त औषधीय तत्त्वको अवस्था (प्राकृतिक वा अप्राकृतिक) अनुसार त्यसले प्रभाव दिनका लागि पनि त्यही अनुसार समय लगाउने हो। औषधीले प्रभाव देखाउन लगाउने समयको घटबढमा कुनै चिकित्सा पद्धति वा चिकित्सक को कुनै भूमिका हुँदैन। आयुर्वेदीय औषधीका तुलना एलोपेथिक औषधिसँग गर्नु न्यायसङ्गत छैन।

आयुर्वेदिक औषधिलाई फलामको टुक्रा मान्ने हो भने एलोपेथिक औषधि त्यही फलामको टुक्राबाट बनेको छुरा मान्नुपर्छ। भुत्ते फलामको टुक्राको निर्माण कार्यक्षमता जति कम हुन्छ त्यसको विनाशक क्षमता त्यत्तिकै कम हुन्छ। फलामको टुक्राबाट बनेको छुराको निर्माण कार्यक्षमता जति बढी हुन्छ त्यसको विनाशक क्षमता त्यत्तिकै धेरै हुन्छ।

स्पष्ट छ कि आयुर्वेदिक औषधीहरूमा औषधीय वनस्पतिहरूको प्रयोग समग्रतामा गरिन्छ। औषधीय गुणयुक्त अंश मात्र झिकेर नभई धेरैजसो समय त्यसको साथमा नभए पनि हुने कतिपय चिजहरूसँगै प्रयोग गरिएको हुन्छ तर एलोपेथीमा त्यस्तो हुँदैन। औषधीय वनस्पतिको औषधियुक्त अंशलाई मात्र छुट्याएर प्रशोधन गरी एलोपेथिक औषधिहरूमा राखिएको हुन्छ।

कुनै पनि व्यक्तिको शरीरमा कुनै औषधिले कति छिटो र ढिलो प्रभाव देखाउँछ भन्ने विषयका लागि धेरै पक्ष जिम्मेवार हुन्छन्। ती मध्ये यी दुई कुरा बढी जिम्मेवार हुन्छन्– पहिलो व्यक्तिको पाचन शक्ति (जठराग्नि) र अर्को खाइएको औषधीमा भएको औषधीय तत्त्वको घनत्व (फर्म र कन्सन्ट्रेसन) हुन्छ।

एलोपेथी चिकित्सा पद्धति भित्रै हेर्ने हो भनेदुखाइ घटाउनलाई धेरै थरी औषधिहरू पाइन्छन् जसमध्ये कुनैले तत्कालै प्रभाव दिन्छ त केहीले प्रभाव देखाउन समय लिन्छ। कुनै व्यक्तिमा एकथरी पेनकिलर औषधिले तुरुन्तै प्रभाव देखाउँछ त अर्को व्यक्तिमा त्यही पेनकिलरले काम गर्न समय लगाउँछ। यस अवस्थामा व्यक्तिको पाचनशक्ति जिम्मेवार हुन्छ।

एलोपेथी पद्धतिमा अधिक प्रयोग हुने ज्वरहरण औषधि सिटामोलको एउटा ५०० मिलिग्रामको ट्याब्लेट शरीरमा पाचन भई प्रभाव देखाउन कम्तिमा ३० मिनेट समय लाग्छ। आयुर्वेद पद्धतिको एक सामान्य औषधिको नाम हो– इनो। ५ ग्राम इनो खाएको ६ मिनेटमा पेटमा बढेको एसिडिटी शान्त हुन्छ। यस्तो अवस्थाहरू पनि छ। अब यहाँनेर सिटामोल भन्दा इनो बढी प्रभावकारी भन्नु वा मान्नु अज्ञानता बाहेक केही होइन।

पूरक तथा वैकल्पिक चिकित्साको रूपमा विश्वका धेरै देशहरूमा परम्परागत चिकित्सा पद्धतिहरू अभ्यासमा छन्। ती सबैखाले चिकित्सा पद्धतिको पृथक विज्ञान एवं दर्शन हुन्छ। हिजोआज विश्वको धेरै स्थानमा आयुर्वेद फैलिरहेको छ। आयुर्वेद विश्वव्यापी रूपमा लोकप्रिय बन्दैछ। आयुर्वेदका विषयहरूमा भइरहेको व्यापक अनुसन्धानहरूले गर्दा यस चिकित्साको अभ्यास एवं स्वीकार्यता बढ्दो छ। धेरै देशहरूमा आयुर्वेदलाई हर्बलिजम् भनेर पनि अभ्यास गरेको पाइन्छ। आयुर्वेद र हर्बलिजम् बीच धेरै कुरामा समानता हुन्छ तर पनि आधारभूत रूपमा यी दुवै फरक विषयहरू हुन्।

आयुर्वेदिक औषधिहरूले ढिलो काम गर्छ भन्ने एउटा भ्रम हाम्रो समाजमा स्थापित छ यो अज्ञानता मात्र हो। त्यो सत्य होइन। जबसम्म यी र यस्ता भ्रमहरूबाट मुक्त हुन सकिन्न तबसम्म हाम्रो समाजमा कुनै पनि चिकित्साको स्वतन्त्र एवं संवेदनशील प्रयोग हुन सक्दैन। भ्रामक विश्वासहरू पालेर औषधी सेवन गरे त्यसबाट अपेक्षित लाभ पनि प्राप्त हुँदैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका