काठमाडौँ, १५ साउन ०७९ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै शर्माले अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई आइतवार नै अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । विवादमा परेर राजीनामा दिएको २५ दिनपछि शर्माले पुनः […]
"/> नवनियुक्त अर्थमन्त्री शर्माले सम्हाल्नुभयो कार्यभार - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • नवनियुक्त अर्थमन्त्री शर्माले सम्हाल्नुभयो कार्यभार

नवनियुक्त अर्थमन्त्री शर्माले सम्हाल्नुभयो कार्यभार

नवनियुक्त अर्थमन्त्री शर्माले सम्हाल्नुभयो कार्यभार

काठमाडौँ, १५ साउन ०७९ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै शर्माले अर्थ मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई आइतवार नै अर्थमन्त्री नियुक्त गर्नुभएको थियो ।

विवादमा परेर राजीनामा दिएको २५ दिनपछि शर्माले पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने मौका पाउनुभएको हो । संसदीय छानवीन विशेष समितिबाट सफाइ पाउनुभएका शर्मालाई गठबन्धनले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएको हो ।

नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहणपछि विश्व अर्थतन्त्रमा नै समस्या देखिएको वर्तमान समयमा मुलुकको अर्थतन्त्रको सवलीकरण गर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलीकरणका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री शर्माले गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलाई समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने समेत बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका