काठमाडौँ, १४ माघ ०७७/ सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको […]
"/> पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट :

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडौँ, १४ माघ ०७७/ सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन बनाएको थियो । एपीएफले दिएको २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्र बनायो । एपीएफका लागि शङ्कर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेलले १९, कमलसिंह ऐरीले १९, कप्तान शरद भेषवाकरले १८ तथा अविनास बोहराले ११ रन बनाउनुभयो । बलिङतर्फ पुलिसका आरिफ शेखले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिनुभयो ।

पुलिस क्लबका लागि ब्याटिङ गर्ने क्रममा पवन सर्राफले सर्वाधिक ४० रन बनाउनुभयो । यस्तै राशिद खानले ३४, ऐरीले ३३, अनिल साहले २१, आरिफ शेखले १६ तथा सागर ढकालले ११ रन बनाउनुभयो । बलिङतर्फ एपीएफ क्लबका भुवन कार्कीले चार तथा कमलसिंह ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले दुई दुई विकेट लिनुभयो । एपीएफले अब त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका