जेनेभा, २८ वैशाख (०७८) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोरोना भाइरस (कोभिड–१९) का प्रकारहरूलाई जटिल प्रकारका भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै […]
"/> डब्ल्यूएचओले भन्यो : कोरोनाभाइरसको नयाँ प्रकार अझै धेरै विश्वव्यापी चिन्ताको विषय - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • डब्ल्यूएचओले भन्यो : कोरोनाभाइरसको नयाँ प्रकार अझै धेरै विश्वव्यापी चिन्ताको विषय

डब्ल्यूएचओले भन्यो : कोरोनाभाइरसको नयाँ प्रकार अझै धेरै विश्वव्यापी चिन्ताको विषय

भारतमा देखिएको सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने

डब्ल्यूएचओले भन्यो : कोरोनाभाइरसको नयाँ प्रकार अझै धेरै विश्वव्यापी चिन्ताको विषय

जेनेभा, २८ वैशाख (०७८) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोरोना भाइरस (कोभिड–१९) का प्रकारहरूलाई जटिल प्रकारका भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताउनुभयो । उहाँले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताउनुभयो ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए । (रासस/एएफपी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका