नवलपुर, ६ जेठ (०७८) । अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित ‘डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१ ’ प्राप्त गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक बिबिधता संरक्षण मार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत रु १ लाख राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको […]
"/> अमलटारी होमस्टेलाई संरक्षण अवार्ड - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • अमलटारी होमस्टेलाई संरक्षण अवार्ड

अमलटारी होमस्टेलाई संरक्षण अवार्ड

अमलटारी होमस्टेलाई संरक्षण अवार्ड

नवलपुर, ६ जेठ (०७८) । अमलटारी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे)ले विश्व वन्यजन्तु कोष नेपालद्वारा स्थापित ‘डब्लुडब्लुएफ नेपाल संरक्षण अवार्ड २०२१ ’ प्राप्त गरेको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१५ मा रहेको सो होमस्टेले राष्ट्रिय प्रकृति, संस्कृति तथा जैविक बिबिधता संरक्षण मार्फत दीगो जीविकोपार्जनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत रु १ लाख राशीको राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको होमस्टेलाई सो कोषले सो पुरस्कार प्रदान गरेको हो ।

कोषले आफ्नो स्थापना दिवसका अवसरमा प्रकृति, संस्कृति तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्थालाई हरेक वर्ष सम्मान गर्दै आएको छ । तराई भू–परिधि कार्यक्रम (ताल), निकुञ्ज र अमलटारी मध्यवर्ती उपभोक्ता समूहको ‘हमार दीगो गाउँ’ कार्यक्रम अन्तर्गत कावासोती–१५ मा सो होमस्टे सञ्चालन हुँदै आएको छ ।

विसं २०७० जेठ ५ गते जिल्लाको कावासोती–१५ बाघखोरमा समुदाय स्तरबाट सञ्चालन गरिएको सो होमस्टेले आफ्नो वार्षिक उत्सवको दिन दोस्रो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको हो । होमस्टेले यस अघि २०७२ मा देशभरकै घरवबास मध्ये उत्कृष्ट हुँदै रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मानित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका