चितवन, १२ वैशाख ०७९ । भरतपुर महानगरपालिकाको मेयर पदमा ३० जना र उपमेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोतम पौडेलका अनुसार आइतबार र सोमबार गरी मेयरमा ३० जना र उपमेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको हो । नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरमा विजय सुवेदीले मनोनयन दर्ता गर्नु […]
"/> भरतपुर महानगर : मेयरमा ३० र उपमेयरमा १३ जनाको मनोनयन दर्ता - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • भरतपुर महानगर : मेयरमा ३० र उपमेयरमा १३ जनाको मनोनयन दर्ता

भरतपुर महानगर : मेयरमा ३० र उपमेयरमा १३ जनाको मनोनयन दर्ता

भरतपुर महानगर : मेयरमा ३० र उपमेयरमा १३ जनाको मनोनयन दर्ता

चितवन, १२ वैशाख ०७९ । भरतपुर महानगरपालिकाको मेयर पदमा ३० जना र उपमेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोतम पौडेलका अनुसार आइतबार र सोमबार गरी मेयरमा ३० जना र उपमेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

नेकपा एमालेबाट भरतपुर महानगरपालिको मेयरमा विजय सुवेदीले मनोनयन दर्ता गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा शारदानगरकी हिमला गुरुङले मनोनयन दर्ता गर्नु भएको छ । महानगरमा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

एमालेका सुवेदीको प्रस्तावकका एमाले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र समर्थकमा संघीय सांसद कृष्णभक्त पोखरेल रहनु भएको छ । २९ वटा वडा मध्य १५ र २६ नम्बर वडासहित प्रत्येक वडामा राप्रपालाई सदस्य दिने सहमति भएको छ । २७ वटा वडा अध्यक्ष भने एमालेले राख्ने सहमति भएको छ ।

त्यसैगरी, भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारमा रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नु भएको थियो । त्यस क्रममा नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, गठबन्धनका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता तथा प्रदेश मन्त्री घनश्याम दाहाल, नेपाली काँग्रेस जिल्ला सभापती राजेश्वर खनालको उपस्थिति रहेको थियो ।

त्यस्तैगरी, विवेकशील साझा पार्टीबाट मेयरमा प्रविन काफ्ले, उपमेयरमा पुष्पा सापकोटा, नेपाल कम्युनिष्ट पार्टी विप्लव बाट मेयरमा दुर्गाप्रसाद शर्मा, जनमत पार्टीबाट मेयरमा संजय कुमार ठाकुर, राप्रपाको स्वतन्त्रबाट मेयरमा योगलाल श्रेष्ठ, उपमेयरमा पवित्रा जोशी, काँग्रेसको वागी उम्मेदवारको रुपमा मेयरमा जगन्नाथ पौडेललगायतले मनोनयन दर्ता गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका