काठमाडौँ, २० वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफै आवश्यक […]
"/> ‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’ - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • ‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’
देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’

‘चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ’

काठमाडौँ, २० वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफै आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरु गरिसकेको जनाउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । उहाँले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीका संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाउनुभयो ।

सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।”

उहाँले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको जनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका