पोखरा, २९ वैशाख (०७८) । गण्डकी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारको मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि प्रदेश […]
"/> गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त

प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ नियुक्त

पोखरा, २९ वैशाख (०७८) । गण्डकी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारको मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।

यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो ।

यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका