काठमाडौँ, ३ जेठ (०७८) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने देखिएकोले सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात […]
"/> स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना महामारी नेपालमा अझै केही हप्ता चुनौतिपूर्ण - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना महामारी नेपालमा अझै केही हप्ता चुनौतिपूर्ण

स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना महामारी नेपालमा अझै केही हप्ता चुनौतिपूर्ण

स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना महामारी नेपालमा अझै केही हप्ता चुनौतिपूर्ण

काठमाडौँ, ३ जेठ (०७८) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने देखिएकोले सबै संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो ।

उहाँले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने जनमानसको ठूला भीड सङ्क्रमणको कारण रहेको उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकोले सङ्क्रमण बढिरहेको जनाउनुभयो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ । उहाँले निषेधाज्ञाको समयमा अझै पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो ।

‘जनजीवनमा कठिनाई पर्न गए पनि हामीसँग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाईँ मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने सहप्रवक्ता डा. अधिकारीले बताउनुभएको छ ।

मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पामा सङ्क्रमणको उच्च जोखिम रहेको छ । आजमात्र नेपालमा नौ हजार २ सय ४७ जना सङ्क्रमित थपिएका छन् भने २ सय १४ को निधन भएको छ । आज पाँच हजार ७ सय ६७ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका