काठमाडौँ, ७ जेठ (०७८) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्नुभएको छ । वर्तमान प्रधानमन्त्री ओलीले एमालेका एक सय २१ र जसपाका ३२ गरी एक सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित […]
"/> प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित नयाँ प्रधानमन्त्रीमा दाबी - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित नयाँ प्रधानमन्त्रीमा दाबी

प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित नयाँ प्रधानमन्त्रीमा दाबी

प्रधानमन्त्री ओलीबाट १५३ सदस्यसहित नयाँ प्रधानमन्त्रीमा दाबी

काठमाडौँ, ७ जेठ (०७८) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गर्नुभएको छ ।

वर्तमान प्रधानमन्त्री ओलीले एमालेका एक सय २१ र जसपाका ३२ गरी एक सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्नुभएको उहाँका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । सो दाबीपत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका