काठमाडौँ, ०२ असार (०७८) । मनसुनको शुरुवातमै लगातारको वर्षाको कारण देशभर बाढी, पहिरो र डुबानको समस्या भएको छ । जसका कारण जनधनको ठूलो क्षतिसमेत भएको छ । गृह मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गरी बाढी, पहिरो र डुबानमा परि छ जनाको मृत्यु भएको र २८ जना हराइरहेका बताएको छ । मन्त्रालयमा प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा २ […]
"/> छ जनाको मृत्यु, अठ्ठाइस बेपत्ता : गृह मन्त्रालय - Line Khabar
Line Khabar
मङ्लबार, कार्तिक ६, २०८१ | October 22, 2024
  • होमपेज
  • छ जनाको मृत्यु, अठ्ठाइस बेपत्ता : गृह मन्त्रालय
देशभर बाढी, पहिरो र डुबानको समस्या

छ जनाको मृत्यु, अठ्ठाइस बेपत्ता : गृह मन्त्रालय

छ जनाको मृत्यु, अठ्ठाइस बेपत्ता : गृह मन्त्रालय
इन्द्रावती नदीमा आएको बाढीले पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल पनि बगाएको छ । तस्वीर : आदित्य दाहाल/रासस

काठमाडौँ, ०२ असार (०७८) । मनसुनको शुरुवातमै लगातारको वर्षाको कारण देशभर बाढी, पहिरो र डुबानको समस्या भएको छ । जसका कारण जनधनको ठूलो क्षतिसमेत भएको छ । गृह मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गरी बाढी, पहिरो र डुबानमा परि छ जनाको मृत्यु भएको र २८ जना हराइरहेका बताएको छ ।

मन्त्रालयमा प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा २ जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक/एक जना गरि छ जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरि, सिन्धुपाल्चोकमा १७ जना, जाजरकोटमा सात जना तथा बाजुरा, गोरखा, प्यूठान र अर्घाखाँचीमा एक/एक जना गरि २८ जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बाढी पहिरोमा परि सिन्धुपाल्चोकमा ६ जना, स्याङ्जामा एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना गरि ११ जना घाइते भएकामध्ये सिन्धुपाल्चोकको बाढीमा परि घाइते भएका छ जनाको हेलिकप्टरबाट उद्दार गरि ललितपुरको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा पहिरोमा परि घाइते भएकालाई हेलिकप्टरबाट उद्दार गर्न पहल भइरहेको पनि जनाइएको छ ।

बाढी पहिरो प्रभावित सिन्धुपाल्चोकका ४६ र दाङका चार जनाको सकुशल उद्दार गरिएको पनि गृह मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयले बाढी पहिरो र डुबानमा परि बेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्दारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरि तीब्रताका साथ खोजीकार्य भइरहेको, प्रभावितहरुलाई राहत सामग्री पठाउने काम भइरहेको तथा उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरि तत्काल अस्थायी व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहायता सामग्री उपलब्ध गराइएको जनाएको छ ।

‘विपद् प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने कार्यमा स्थानीय प्रशासन, स्थानीय पालिका, रेडक्रस जस्ता संस्थाको सक्रियता बढाइएको छ । तत्काल राहत एवम् अन्य व्यवस्थाको लागि स्थानीय तह र अन्य सरोकारवालाहरुसँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउन सबै सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको छ ।’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका