बेइजिङ, ४ चैत ०७८ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीचको द्वन्द्व र युद्धका विषयमा उहाँहरुले भिडिओ कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् । वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय […]
"/> अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडिओ कुराकानी - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडिओ कुराकानी

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडिओ कुराकानी

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडिओ कुराकानी

बेइजिङ, ४ चैत ०७८ । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीचको द्वन्द्व र युद्धका विषयमा उहाँहरुले भिडिओ कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको थियो । अन्तरराष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तरराष्ट्रिय जिम्मेबारी पनि भएको बताउनुभएको थियो । उहाँहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गर्नुभएको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् । गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उहाँहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ । समाचार स्रोत : रासस/एएफपी/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका