Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि खेलाडीको घोषणा

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि खेलाडीको घोषणा

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि खेलाडीको घोषणा

काठमाडौँ, १६ माघ ०७७ / नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।

नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका