काठमाडौँ, १९ वैशाख (०७८) । सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी […]
"/> कोभिड उपचारका लागि सात हजार शय्या थपिँदै - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • कोभिड उपचारका लागि सात हजार शय्या थपिँदै
आशाको सञ्चार

कोभिड उपचारका लागि सात हजार शय्या थपिँदै

कोभिड उपचारका लागि सात हजार शय्या थपिँदै

काठमाडौँ, १९ वैशाख (०७८) । सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित थपिएका र २७ जनाको निधन भएको छ ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताउनुभयो ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००/ ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । उहाँले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका