काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको २८औं स्मृति दिवस आज एमालेले विभिन्न कार्यक्रम गरी नेताद्वयप्रति श्रद्धासुमन अर्पण गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को उच्च सङ्क्रमणका कारण सार्वजनिक कार्यक्रमहरु नगरिएपनि सीमित नेताहरुको उपस्थितिमा पार्टीले मदन–आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का […]
"/> आज मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरि श्रद्धाञ्जलि अर्पण - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • आज मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरि श्रद्धाञ्जलि अर्पण

आज मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरि श्रद्धाञ्जलि अर्पण

आज मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरि श्रद्धाञ्जलि अर्पण

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको २८औं स्मृति दिवस आज एमालेले विभिन्न कार्यक्रम गरी नेताद्वयप्रति श्रद्धासुमन अर्पण गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को उच्च सङ्क्रमणका कारण सार्वजनिक कार्यक्रमहरु नगरिएपनि सीमित नेताहरुको उपस्थितिमा पार्टीले मदन–आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गरेको हो ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बिहान मदन–आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले एमालेको पुरानो मुख्यालय, बल्खु पुगेर जबजका प्रणेता भण्डारीको शालिक र आश्रितको तस्वीरमा माल्यार्पण गर्नुभयो ।

उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सो अवसरमा एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

स्मृति दिवसको दिन हरेक वर्ष दलले मदननगर बल्खुमा कार्यक्रम गर्दै आए पनि यसपटक कोरोना भाइरसका कारण पार्टीका शीर्ष नेता मात्र उपस्थित भई भण्डारी–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ । लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए ।

मदन–आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन पोखराबाट चितवनतर्फ जाँदै गर्दा नारायणगढ–मुग्लिन सडकको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो। ‘दासढुंगा घटनाको छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले), चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले आज दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेताद्वयको शालिकमा माल्यार्पण गर्नुको साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । कोरोना सङ्क्रमणको जोखिमका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँका अनुसार न्यून संख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

यसैगरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।

मदन भण्डारी फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न निर्माणका काम भईरहेका छन् । यी दुवै ठाउँमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चरणबद्ध रुपमा विकासका काम हुँदै आएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका