Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, कुटपिट गरे तीन वर्ष कैद

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, कुटपिट गरे तीन वर्ष कैद

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, कुटपिट गरे तीन वर्ष कैद

काठमाडौँ, २३ जेठ (०७८) । अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आज जारी गर्नु भएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरे वा शारीरिक रुपमा चोट पुर्याए तीन वर्ष कैद वा रु तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी गरे वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्कि दिए, गालीगलौच वा अभद्र र अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थाको सम्पत्ती तोडफोड, आगजनी वा हानी नोक्सानी गरी क्षति पुर्याएमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख अध्यादेशमा गरिएको छ । अध्यादेशमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १२ औं तहका कर्मचारी अध्यक्ष रहेका स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका