चितवन, १६ वैशाख ०७९ । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उहाँले उम्मेदवारी फिर्ता नलिनुभएपछि उहाँको उम्मेदवारी कायम रहेको हो। उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका […]
"/> जगन्नाथ पौडेलले फिर्ता लिएनन् उम्मेदवारी - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • जगन्नाथ पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

जगन्नाथ पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

जगन्नाथ पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

चितवन, १६ वैशाख ०७९ । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उहाँले उम्मेदवारी फिर्ता नलिनुभएपछि उहाँको उम्मेदवारी कायम रहेको हो।

उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्छ ।

पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डा विरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवर्धनमा केन्द्रीत रहेकाले फिर्ता नलिएको बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताउनुभयो । नेकपा (एमाले)को तर्फबाट महानगरमा विजय सुवेदी प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ ।

पौडेलले उम्मेदवारी दिँदा नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मीना खरेल समर्थक रहनुभएको छ । पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसक्नुभएको छ ।

पौडेललाई प्रधानमन्त्री शेरबहादु देउवाले टेलिफोनबाटै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पौडेललाई भेटेरै उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर पनि पौडेलले उम्मेदवारी फिर्ता लिन मान्नुभएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका