Line Khabar
सोमवार, कार्तिक ४, २०८२ | October 20, 2025
  • होमपेज
  • आठ हजार चार सय अठार नयाँ सङ्क्रमित, ५३ जनाको निधन
कोरोना कहर

आठ हजार चार सय अठार नयाँ सङ्क्रमित, ५३ जनाको निधन

आठ हजार चार सय अठार नयाँ सङ्क्रमित, ५३ जनाको निधन

काठमाडौँ, २५ वैशाख (०७८) । पछिल्लो २४ घण्टामा कूल आठ हजार ४ सय १८ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३ सय ४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।

त्यसैगरि, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७ सय २० जनाको परीक्षण गरिएको छ ।

हालसम्म कूल तीन लाख ८५ हजार ८ सय ९० जना कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७ सय ६५ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २ सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३ सय ८१ जना र ललितपुरमा ४ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या २६ हजार ४ सय २६ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका