काठमाडौँ, २० वैशाख (०७८) । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पुर्याइने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले […]
"/> अब श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार, राजपत्रमा सूचना प्रकाशित - Line Khabar
Line Khabar
मङ्लबार, कार्तिक ६, २०८१ | October 22, 2024
  • होमपेज
  • अब श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार, राजपत्रमा सूचना प्रकाशित
बढ्यो श्रमिकको पारिश्रमिक

अब श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार, राजपत्रमा सूचना प्रकाशित

अब श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार, राजपत्रमा सूचना प्रकाशित

काठमाडौँ, २० वैशाख (०७८) । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पुर्याइने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो ।

मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक रु ३६१ र दैनिक महँगी भत्ता रु २१६ गरी दैनिक रु ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा रु ७७ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो ।

उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । श्रम ऐन, २०७४ मा प्रत्येक दुईदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने प्रावधान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका