चितवन, १० पुस ०७८ । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षको पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ […]
"/> पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार

पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार

पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार

चितवन, १० पुस ०७८ । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षको पाँच महिनामा एक सय नौ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् ।

उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन् । यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई दुःख दिइरहेको अवस्थामा उद्धार गरिएको हो । कतिपयलाई घाइते भएको अवस्थामा समेत उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघले बस्ती पसेर जनतालाई दुःख दिएको र सामुदायिक वनमा घाँस दाउरा गर्न गएका मानिसलाई आक्रमण गरी मानवीय क्षति गरेको अवस्थाबाट उद्धार गरी ल्याइएको हो । उद्धार गरी ल्याइएका बाघलाई निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो ।

यस्तै त्रिवेणी क्षेत्रबाट एक गैँडालाई उद्धार गरी ल्याइएको छ । बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा बस्तीमा आएर अन्नबाली नष्ट गर्ने, मानिसलाई लखेट्ने, समयसमयमा भारततर्फ जाने गरेका कारण गैँडालाई उद्धार गरी निकुञ्जको पूर्वी क्षेत्र सौराहामा ल्याएर छाडिएको छ । मानिसले प्रतिशोधका कारण मार्नसक्ने देखिएपछि गैँडाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्ज क्षेत्रबाट बस्ती पसेका अजिङ्गरलाई विगत पाँच महिनामा उद्धार गरिएको छ । बस्तीमा पसी घरपालुवा जनावर खाने, त्रासको वातारण सिर्जना गर्ने गर्न लागेपछि ती अजिङ्गरलाई उद्धार गरी पुनःनिकुञ्जको सुरक्षित स्थानमा ल्याएर छाडिएको तिवारीले जानकारी दिनुभयो ।

यस्तै स्थानीयले माछापालनका लागि बनाएका पोखरीमा गएका मगर गोहीलाई उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । नदी आसपासमा रहेका माछा पोखरीमा गएर माछा खाएर जनतालाई दुःख दिने गरेका ती गोहीलाई उद्धार गरी पुनःनदीमा ल्याएर छाड्ने गरिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका