हेटौँडा, ६ जेठ (०७८) । वाग्मती प्रदेशबाट खाली भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापा ‘बादल’ले चार हजार १४ मतभार प्राप्त गर्नुभएको […]
"/> राष्ट्रियसभा उपनिर्वाचनमा डा. देवकोटा विजयी - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • राष्ट्रियसभा उपनिर्वाचनमा डा. देवकोटा विजयी

राष्ट्रियसभा उपनिर्वाचनमा डा. देवकोटा विजयी

राष्ट्रियसभा उपनिर्वाचनमा डा. देवकोटा विजयी

हेटौँडा, ६ जेठ (०७८) । वाग्मती प्रदेशबाट खाली भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।

आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापा ‘बादल’ले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका